वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

खैरहनी माध्यमिक विद्यालय, चितवनमा मा.वि. द्वितीय तहमा कार्यरत शिक्षक गोपाल प्रसाद शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।०१।३१ गते।
------------------------------------------

खैरहनी माध्यमिक विद्यालय, खैरहनी नगरपालिका वडा नं. ६ चितवनमा मा.वि. द्वितीय तहमा कार्यरत स्थायी शिक्षक गोपाल प्रसाद शर्माको प्रवीणता प्रमाणपत्र तह (I.Sc) को शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज गोपाल प्रसाद शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तह (I.Sc.) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको र उक्त नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी