वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी प्रमोद निरौला रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट वैदेशिक रोजगार विभाग, ताहचलमा कार्यरत लेखापाल प्रमोद निरौला उपर सेवाग्राहीले राखेको धरौटी रकम फिर्ता गर्ने क्रममा घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रू.१५,०००/- कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सोही दफा ३ को उपदफा (१) बमोजिम जरिबाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०२।०३ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी