वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी तारणी प्रसाद खतिवडासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२२ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय ईनरुवा सुनसरीमा कार्यरत सहायक प्रवन्धक तारणी प्रसाद खतिवडा समेतका प्रतिवादी उपर चपडाहा निम्न माध्यमिक विद्यालयको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय ईनरुवा सुनसरीको नाममा रहेको खाताको रकम खातावालाको नाम परिवर्तन गरी खातामा रहेको सरकारी सम्पत्ति लिनेखाने उदेश्यले मिलेमतो तथा पूर्व योजना बनाई जिल्ला शिक्षा कार्यालय, सुनसरी ईनरुवाको लेटर प्याड तथा छाप दस्तखत किर्ते गरी दस्तखत नमुना कार्ड नै बैंकबाट परिवर्तन गरी अर्कै व्यक्तिको नाममा खाता खोली चेक समेत जारी एवं खाता सञ्चालन गरी रु.५,६०,०००।- रकम निकाली हिनामिना गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ र १७ बमोजिमको कसुरमा बिगो रु.५,६०,०००।– कायम गरी सोही ऐनको दफा ११ तथा दफा १७ ले निर्देशन गरे बमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३(१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०१।२४ को फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।२२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी