जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१५ गते।
------------------------------------------
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका वडा नं. ६ स्थित कृषि बाटो निर्माण कार्यमा आ.व. २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनकौल गाउँपालिका वडा नं. ६ को कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्य भन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाई रु.७,७९,२०५।- बढी रकम भुक्तानी लिई/दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय बमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
राजेन्द्र कुमार पौडेल