वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी शम्भु प्रसाद मैनालीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।२८ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी हरिवन नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनाली समेतका प्रतिवादीहरु उपर जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गत पूर्व पश्चिम राजमार्गसँग जोडिएको जग्गा खेती योग्य बाटो नभएको भनी गलत घरबाटो प्रमाणित गरी रु.९,३६,०००।- राजश्व रकम हानीनोक्सानी गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसूरमा निज उपर रु.९,३६,०००।- बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायं हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।३० को फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८१।१२।२८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी