वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।२५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट लिखु तामाकोशी गाँउपालिका, रामेछापका अध्यक्ष गोबिन्द बहादुर खड्का समेतका प्रतिवादीहरु उपर आ.व. ०७४/०७५ र ०७५/०७६ मा लिखु तामाकोशी गाँउपालिकाले वडाहरुमा थप विद्युत प्रसारण योजना होपिनामा विद्युतीकरण योजनाहरु कार्यान्वयन गर्दा बढी मुल्य तिरी आवश्यक पर्ने भन्दा अस्वाभाविक रुपमा बढी सामान खरिद गरी गर्न लगाई भ्रष्टाचार निवारण ऐन २०५९, को दफा ८ को उपदफा १ को देहाय खण्ड (ङ), (च) र (ञ) र दफा ८ को उपदफा (३) को कसुर गरेकोले रु.४,२१,००,७०६।२४ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (३) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा ८ (१) बमोजिम बिगो असुल उपर हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।१२।१२ को फैसलाबाट आंशिक सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८१।१२।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी