वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी घुस रकमसहित नियन्त्रणमा।

· स्टिङ अपरेशन

प्रेस विज्ञप्ति:- मिति २०८१।०८।१७ गते ।
----------------------------------------------------

जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित निजको निवासबाट मिति २०८१।०८।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


प्रवक्ता
नरहरि घिमिरे

संलग्न फाइलहरू

अनलाइन उजुरी