वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२५ गते।
------------------------------------------
जिल्ला धनुषा, गणेशमान चारथान नरपालिका वडा नं. १० बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक ब्रहमदेव यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलव भत्ता खाइरहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज ब्रहमदेव यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको झुट्टा तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र साविक श्री निम्न माध्यमिक विद्यालय हाल श्री माध्यमिक विद्यालय बरमझियामा पेश गरी नि.मा.वि. राहत कोटामा नियुक्ती लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे
 

संलग्न फाइलहरू

अनलाइन उजुरी