वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईसमेत २ जनाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२५ गते।
------------------------------------------
 
लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने विषयको उजुरीको अनुसन्धानको क्रममा मालपोत कार्यालय, भक्तपुरबाट पत्र साथ प्राप्त विवरणमा निज सरोज भट्टराईको आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि. नं. १३७४ र १३७५ क्रमशः २-९-०-१ र ०-२-१-० क्षेत्रफल भएको जग्गा खरिद गर्दा जग्गा विक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिए पश्चात् उक्त रकम के कसरी प्राप्त भएको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे
 

संलग्न फाइलहरू

अनलाइन उजुरी