वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८०।११।३० गते।
------------------------------------------
जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ मा मृत्यु भैसकेको मानिसको नाममा बृद्धभत्ता वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आ.व. २०७४।७५, आ.व.२०७५।७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आ.व. २०७६।७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु.५१,०००।- (एकाउन्न हजार रुपैयाँ) सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाई बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

संलग्न फाइलहरू

अनलाइन उजुरी