वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला सुर्खेत, सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार के.सी, डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहालसमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२३ गते।
------------------------------------------
 
जिल्ला सुर्खेत, सिम्ता गाउँपालिका वडा नं. ५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं. ५ को उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा बृक्षारोपण तथा जडिबुटी खेती बिस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई रु.८४,८६,६४२।–(चौरासी लाख छयासी हजार छ सय बयालीस रुपैयाँ) बराबरको सरकारी रकम हानिनोक्सानी भएको पुष्टि भएकोले उक्त कार्यमा संलग्न देहायका ब्यक्तिहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे
 

संलग्न फाइलहरू

अनलाइन उजुरी