वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुरका बालबिकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्ल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८०।०८।१५ गते।
------------------------------------------
 
जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित श्री माध्यमिक बिद्यालय कोटातुल्सीपुरमा कार्यरत बालबिकास कार्यकर्ता निरञ्जना मल्लको एस.एल.सी. सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निरञ्जना मल्लले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई-स्कुल परिक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कैलाली जिल्लाको बर्दगोरीया गाँउपालिका वडा नं.४ मा रहेको माध्यमिक बिद्यालय कोटातुल्सिपुरमा वालबिकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी निज निरञ्जना मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
भोला दाहाल

संलग्न फाइलहरू

अनलाइन उजुरी