वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१५ गते।
------------------------------------------

जिल्ला महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल रौशन कुमार राउतलाई सेवाग्राहीबाट रु.१,२५,०००।–(एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा सम्सी गाउँपालिकाको कार्यालय सम्सी, महोत्तरीका लेखापाल रौशन कुमार राउतले कोभिड-१९ सम्बन्धी जनचेतनामूलक तालिम कार्यक्रमको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,२५,०००।– (एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज लेखापाल रौशन कुमार राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१,२५,०००।- (एक लाख पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

संलग्न फाइलहरू

अनलाइन उजुरी