वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सबदुल मियाँउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८०।०३।२१ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सबदुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष सबदुल मियाँलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सबदुल मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएको हुँदा निज सबदुल मियाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.५०,०००।–(पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 
प्रवक्ता
भोला दाहाल

संलग्न फाइलहरू

अनलाइन उजुरी