वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

कृषि विकास कार्यालय, मुगुका तत्कालीन नि.कार्यालय प्रमुख पंचलाल बुढा, सव-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८०।०३।१२ गते ।
----------------------------------------------------

जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आ.व. २०७६/०७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी लगायतका कार्य गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, मुगुका तत्कालीन नि.कार्यालय प्रमुख पंचलाल बुढाले आ.व. २०७६/०७७ मा संचालन भएको खत्याड गाँउपालिका वडा नं.४ स्थित खिराचौर कृषि सिंचाई निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नहरुलाई नियमानुसार कारबाही गर्नु पर्नेमा सो नगरी निर्माणस्थलमा भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई सोही बमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार/प्रमाणित गरी भुक्तानीको लागि टिप्पणी उठाउन लगाई भुक्तानीको लागि आदेश गरी रु.१२,८३,०३४।७७ उपभोक्ता समितिलाई बढी भुक्तानी दिई निज पंचलाल बुढाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रु.१२,८३,०३४।७७ (बाह्र लाख त्रियासी हजार चौतीस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना गरी बिगो असुलउपर हुन एवं निजले भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताब प्रतिवेदनमा चढाई सोहीबमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार/प्रमाणित गरी भुक्तानीको लागि आदेश गरेको देखिँदा निज पंचलाल बुढाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदावी लिइएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 
प्रवक्ता
भोला दाहाल

 

संलग्न फाइलहरू

अनलाइन उजुरी