वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष बिक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१६ गते ।
----------------------------------------------------

जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका वडा नं. ४, सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन कार्य गरी रकम अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजायको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

संलग्न फाइलहरू

अनलाइन उजुरी