वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मोहन्याल गाउँपालिका, कैलालीका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२९ गते।
------------------------------------------

जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दीपेन्द्र बुढाक्षेत्रीलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।०१ गते नियन्त्रण लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा मोहन्याल गाउँपालिका, कैलालीका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.१४,०००।– बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु. ३०,०००।– निजको साथबाट बरामद भएको पुष्टि हुन आएकोले निज दीपेन्द्र बुढाक्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो रु. ४४,०००।- (चौवालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

संलग्न फाइलहरू

अनलाइन उजुरी