वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला रौतहट, सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादबउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७९।०२।३० गते ।
----------------------------------------------------

जिल्ला रौतहट,सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादबसमेतले सेफ नेपाल नामक संस्थामार्फत संचालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर-५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिइएकोमा उक्त संस्थाका अध्यक्ष रामनरेश राय यादवले नक्कली बिल भरपाई तयार गरी रु.१,७२,२४०।- रकम खाई मास्ने उद्देश्य लिई सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रामनरेश राय यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

संलग्न फाइलहरू

अनलाइन उजुरी