वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला हुम्ला, साविक लिमि गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव धर्मराज रोकाया उपर बिगो रु. २,१९,०००।- कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७९।०२।१० गते ।
----------------------------------------------------

जिल्ला हुम्ला, साविक लिमि गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव धर्मराज रोकायाले आ.व. २०७०/०७१ देखि आ.व. २०७२/०७३ सम्म दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा साविक लिमि गा.वि.स. हुम्लाका तत्कालीन गा.वि.स. सचिवमा कार्यरत धर्मराज रोकायाले सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गरी नेपाल सरकारलाई गैरकानुनी रुपमा हानी पुर्याउने तथा आफू वा अरुलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले कार्य गरी उक्त गा.वि.स.बाट आ.व. २०७०/०७१ देखि आ.व. २०७२/०७३ सम्मको सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा एउटै ब्यक्तिलाई उस्तै नागरिकता प्रमाणपत्र नम्बर राखी दोहोरो सामाजिक सुरक्षा भत्ताको रकम रु.२,१९,०००।– हिनामिना गरेको देखिंदा निज धर्मराज रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) वमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज धर्मराज रोकायालाई सोही ऐनको दफा ८ र दफा ८ को उपदफा (१) बमोजिम विगो रु.२,१९,०००।– (अक्षेरुपी दुई लाख उन्नाइस हजार) कायम गरी हदैसम्मको कैद र बिगो बमोजिमको जरिवाना गरी हानिनोक्सानी पुर्याएको रु.२,१९,०००।– निज धर्मराज रोकायाबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

संलग्न फाइलहरू

अनलाइन उजुरी