वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला पाँचथर, धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदार उपर शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर ।

· मुद्दा दायर


प्रेस विज्ञप्ति:- मिति २०७९।०१।२३ गते ।
----------------------------------------------------

जिल्ला पाँचथर, तुम्वेबा गाउँपालिका, वडा नं ४ बलेनमा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदारको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज बिरजु कुमार गक्षदारले प्रा.वि. तृतीय श्रेणी अस्थाई करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा Proficiency Certificate Level (PCL) को शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिई आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको देखिँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६(१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

संलग्न फाइलहरू

अनलाइन उजुरी