वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साह घुस/रिसवत रकमसहित नियन्त्रणमा ।

· स्टिङ अपरेशन

प्रेस विज्ञप्ति:- मिति २०७८।१०।२० गते ।
----------------------------------------------------

जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

संलग्न फाइलहरू

अनलाइन उजुरी