वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका, श्रीनगर बस्ने सोभिता साह उपर घुस/रिसवत मुद्दामा प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७८।०३।१६ गते ।
----------------------------------------------------

प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादव भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा साक्षीका रुपमा पेस गरिएका उजुरी निवेदक सोभिता साहले अदालतमा बकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल बकपत्र गरेको भन्ने मुद्दा सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. १४, श्रीनगर बस्ने सोभिता साहले प्रतिवादी प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव भएको मुद्दामा मुद्दा हेर्ने अधिकारी समक्ष गरेको सहयोग प्रतिकुल हुने गरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निज सोभिता साहको घुस/रिसवत दिने कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले निज सोभिता साहलाई रु. ५,०००।– (अक्षेरुपी पाँच हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र सोही ऐनको दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

संलग्न फाइलहरू

अनलाइन उजुरी