वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला ललितपुर स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तान रु. १,५०,०००।– घुस रकमसहित नियन्त्रणमा ।

· स्टिङ अपरेशन

प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०५ गते ।
---------------------------------------------

जिल्ला ललितपुर गोदावरी न.पा.-११, बज्रबाराही स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरु कृष्णप्रसाद जैसी र किशोर कुमार मोक्तानलाई सेवाग्राहीबाट रु. १,५०,०००/- (एक लाख पचास हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी