वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका तत्कालीन प्रा.वि. शिक्षक श्री महन्जी साहउपर नक्कली अध्यापन अनुमति-पत्र सम्बन्धी आरोप पत्र दायर ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

जिल्ला महोत्तरी, साविक धमौरा गा.वि.स. वडा नं. ३, हाल बलवा नगरपालिका वडा नं. ९, महोत्तरी घर भई श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका प्रा.वि. शिक्षक श्री महन्जी साहले नक्कली शिक्षक लाइसेन्स पेश गरी सेवा प्रवेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले शिक्षा सेवा आयोग, सानोठिमी, भक्तपुर मातहतको जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति-पत्र लिएको भनी झुठ्ठा तथा नक्कली स्थायी अध्यापन अनुमति-पत्र पेश गरी मिति २०६६।०६।१५ देखि प्रा.वि. शिक्षकको रुपमा काम गरी लाभ एवं सुविधासमेत लिएको देखिएकोले निजले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको हुँदा निज महन्जी साहलाई ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मिति २०७७।०३।२२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

संलग्न फाइलहरू

अनलाइन उजुरी