वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताउपर बिगो रु. ६,००,०००।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०७ गते ।
-------------------------------------------------

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पर्सामा जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालयको लागि प्राप्त रकम मध्येबाट प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताले आधा रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताले विद्यालयको भवन निर्माणका लागि निकासा भएको रु. १६,००,०००।– (सोह्र लाख) रकममध्ये आफ्नो नाममा रु. ५,००,०००।– (पाँच लाख) र विश्वनाथ साह कानूको नाममा रु. १,००,०००।– (एक लाख) निकासा गरी जम्मा रु. ६,००,०००।–(छ लाख) रकम भुक्तानी गरी विद्यालयमा निर्माणको कुनै काम नगरी रकम हिनामिना गरी फरार रहेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज सन्तोषप्रसाद गुप्तालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरेको बिगो रु. ६,००,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी