वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मालपोत कार्यालय, लेखनाथ कास्कीमा रजिश्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा दिपक सुवेदी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७७।०२।३२ गते ।
-------------------------------------------------

मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दिपक सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी विभिन्न बहानामा घुस/रिसवत माग गरिरहेको भन्ने व्यहोराको उजुरी तथा प्राप्त सूचना समेतका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज दिपक सुवेदीलाई रु.३,०००/-(तीन हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, लेखनाथ कास्कीमा रजिश्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा दिपक सुवेदीले सेवाग्राहीसँग बैंकबाट कर्जा निकाल्ने प्रयोजनार्थ जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज दिपक सुवेदीलाई बिगो रु. ३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी