वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना उपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२५ गते।
-------------------------------------------------------------
 
नागरीक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय (सवारी) कोशीमा संकलित राजस्व हिनामिना भैरहेकोसमेतको व्यहोरा उल्लेख गरी आयोगमा दर्ता हुन आएको उजुरीका सम्वन्धमा आ.ब. २०७३/०७४ को २०७३ चैत्र देखी २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनासमेतका आधारमा सेवाग्राहीहरुबाट संकलित राजस्व प्रचलित कानून वमोजिम सम्वन्धित राजस्व खातामा दाखिला नगरी/नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याउने देहायका कर्मचारीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं नाम, पद कार्यालय बिगो रु. सजायको मागदाबी
१ तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल यातायात व्यवस्था कार्यालय (सवारी) कोशी १,०८,२९,०६९।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
२ तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्साल ” ३,३०,७९,३७३।- ” ”
३ तत्कालीन कार्यालय प्रमुख गोपाल थपलिया ” १,३०,७२,१५३।- ” ”
४ तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ” ५६,१२,५४७।- ” ”
५ तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी ” १,२५,४८,००६।- ” ”
६ तत्कालीन लेखापाल सुरेश अधिकारी ” ३,७२,४४,७५५।- ” ”
७ तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल ” ३,४८,९३,२१६।- ” ”
८ तत्कालीन लेखापाल अर्जुन भट्टराई ” २,१७,३२,४७३।- ” ”
९ तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल ” ७३,६२,४५५।- ” ”
१० कम्प्युटर अपरेटर (करार) सुजन राई ” २२,४४,३३६।- ” ”
११ कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर फोकस वान नेपाल प्रा.लि. ५,९४,९८,९३१।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा न्यून दाखिला भएको राजस्व सोही ऐनको सोही दफा बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
१२ कम्प्युटर अपरेटर रमेश पौडेल ” ५,९४,९८,९३१।- ” ”
१३ कम्प्युटर अपरेटर भूमिराज अधिकारी ” ५,९४,९८,९३१।- ” ”
१४ कम्प्युटर अपरेटर हरिमदन ढुङ्गेल ” ५,९४,९८,९३१।- ” ”
१५ कम्प्युटर अपरेटर दिपेन्द्र कुमार मण्डल ” १,४६,५२६।- ” ”
१६ कम्प्युटर अपरेटर मैया कुमारी चापागाई ” २२,४४,३३६।- ” ”
१७ कम्प्युटर अपरेटर रविन कुमार विश्वास ” ४५,४६१।- ” ”
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी