वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका अस्थायी शिक्षिका पवनदेवी यादव भन्ने पवन देवी उपर नक्कली (झुठ्ठा) अध्यापन अनुमति-पत्र सम्बन्धी आरोप-पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका शिक्षिका पवन देवीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई पेश गरी सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पवनदेवी यादव भन्ने पवन देवीले मिति २०६७।०६।१३ देखि मिति २०७६।०२।०६ सम्म प्राथमिक तहको झुठ्ठा एवं नक्कली स्थायी अध्यापन अनुमति-पत्रको आधारमा नियुक्ति लिई श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया महोत्तरीमा प्राथमिक तहको अस्थायी राहत महिला शिक्षिकाको रुपमा अध्यापन गरी सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजको निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको हुँदा निज पवन देवी यादव भन्ने पवन देवीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी