वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीउपर आरोपपत्र दायर ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१७ गते ।
-----------------------------------------

प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीले कक्षा ५ मात्र पास गरेको र निजलाई शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं. मा पास गराएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले विहार विद्यालय परीक्षा समिति पटना-१७ बाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०५४।०५।१४ मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति र मिति २०६३।०४।३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको देखिंदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

संलग्न फाइलहरू

अनलाइन उजुरी