वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीउपर बिगो रु. १,०८,३८९/७० कायम गरी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई PMTCT तालिम कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाब दिएको, निजले सञ्चालन गरेका कार्यक्रमहरु कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले मिति २०७६।०३।१५ गते कार्यालयबाट कार्यादेश लिई PMTCT तालिम सञ्चालन गर्न भनी लिएको पेश्की रकम मध्ये बिभिन्न शीर्षकमा खर्च गरी बाँकी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको बिगो रु. १,०८,३८९/७० (एक लाख आठ हजार तीन सय उनान्नब्बे रुपैयाँ पैसा सत्तरी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

संलग्न फाइलहरू

अनलाइन उजुरी