वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, दाङका राहत शिक्षक टेकमान थापा उपर आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१६ गते ।
-------------------------------------------

गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, दाङका राहत शिक्षक टेकमान थापाको नि.मा.वि. तहको अध्यापन अनुमति-पत्र नक्कली भएको उजुरी उपर अनुसन्धान हुँदा गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, दाङका राहत शिक्षक टेकमान थापाले नि.मा.वि. तहको झुट्टा एवं नक्कली अध्यापन अनुमति-पत्र पेश गरी राहत शिक्षकको रूपमा कामकाज गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शिक्षक टेकमान थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी