वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार सिताराम खड्काउपर आरोपपत्र दायर ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
---------------------------------------------

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार सिताराम खड्काले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस/रिसवत लेनदेन गरिरहेको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक रजिष्ट्रार सिताराम खड्काले कम्पनी सम्बन्धी प्रशासनिक कामको सिलसिलामा कार्यालयमा आएका सेवाग्राहीको काम गरेवापत सेवाग्राहीबाट रु. २०,०००।–(बीस हजार) लिएको पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज सिताराम खड्कालाई बिगो रु. २०,०००।– (बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस/रिसवत लिएको रकम रु. २०,०००।– ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 

प्रदीपकुमार कोइराला
प्रवक्ता

संलग्न फाइलहरू

अनलाइन उजुरी