वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपकप्रसाद गुरागाई उपर आरोप पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------


यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपकप्रसाद गुरागाईले बिद्युतीय सवारी साधनहरुको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज रूपक प्रसाद गुरागाईलाई सेवाग्राहीबाट रू.६०,०००।- (साठी हजार) घुसवापतको रकम बैंक खातामा दाखिला गर्न लगाई सोको बैंक भौचर लिएको अबस्थामा उक्त बैंक भौचर सहित निजकै कार्यालयको अभिलेख शाखाबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा तिनचुली सुन्धारा बिद्युतीय यातायात सेवा प्रा.लि. का रुट परिवर्तन गरी नयाँ रुटमा सञ्चालन गर्ने इजाजतको लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, ३ नम्बर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन रुपकप्रसाद गुरागाईले घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिदाँ निजलाई विगो रु. ६०,०००।– (साठी हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी