वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी. उपर आरोप पत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------


ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.ले बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.लाई सेवाग्राहीसँग रु.१५,०००।–(पन्ध्र हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा आधार प्रमाण र कारणहरुबाट ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक खिम बहादुर जि.सी.ले सेवाग्राहीबाट घुस/रिसवत लिएको पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिदाँ निज खिम बहादुर जि.सी.लाई विगो रु. १५,०००।– (पन्ध्र हजारमात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी