वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटा उपर आरोप-पत्र दायर गरिएको ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०२ गते
-----------------------------------------
श्री विशालबजार कम्पनी लिमीटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटाले एस.एल.सी.को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्य गरिरहेको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पशुपति सापकोटाले विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा कार्यालय सहायक पदबाट बढुवा भई सहायक पद र वरिष्ठ सहायक पदमा काम गर्नका लागि गान्धी उच्च मा.वि. मनोहरा, काठमाडौंबाट प्राप्त मध्यमा तह (एस.एल.सी.) को झुठ्ठा एवं नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सहायक पदबाट वरिष्ठ सहायक पदमा बढुवा भई सरकारी लाभ तथा सुविधासमेत प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पशुपति सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी