वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के.सी.उपर आरोप-पत्र दायर गरिएको ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०१ गते
-----------------------------------------
प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के.सी.ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्वन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के.सी.ले विहार इन्टरमिडियट शिक्षा परिषद, पटना भारतबाट प्राप्त इन्टरमिडियट तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा बहाल रही लाभ समेत लिएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पुष्पा कुमारी के.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी