वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३० गते ।
------------------------------------------
मालपोत कार्यालयहरू ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले निज तथा अन्य कर्मचारीहरूलाई काम गराएवापत रकम दिनुपर्ने र रकम नदिए काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घुस रिसवत माग्ने गरेकोमा सेवाग्राहीहरू बाध्य भई सोही काम लेखापढी व्यवसायीमार्फत गर्ने गराउने गरेको खुल्न आएकोले निज नायव सुव्बा ईश्वरी प्रसाद पोख्रेलले लेखापढी व्यवसायी बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीसँग रू.२,०००।– (दुई हजार) रिसवत लिएको तथा बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीले मिलेमतोमा निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई घुस रिसवत दिएको देखिएको हुँदा निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन साथै सोही दफा ३ को उपदफा (१) वमोजिम विगो असुल हुन मागदावी लिईएको ।
 
साथै निज बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीले मिलेमतोमा कुनै काम गराउन नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई घुस रिसवत दिएको देखिएको हुँदा निजहरूले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजहरूलाई जनही विगो रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी