वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई उपर आरोप-पत्र दायर गरिएको ।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१९ गते ।
------------------------------------------
जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत गाविस सचिव मणि प्रसाद राईले मृतक व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी खाइमासेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन गाविस सचिव मणि प्रसाद राईले सामाजिक सुरक्षा भत्ता वितरण कार्यसँग सम्बन्धित आफैंले ल्याप्चे लगाएको रु.१,४९,२००।-,परिचयपत्रमा रेकर्ड जनाई आफैले भुक्तानी लगेको साथै पेश्की फछर्यौट समेत गरिसकेको रू.६,०००।–तथा अन्य व्यक्तिको औठाछाप लगाई सामाजिक सुरक्षा भत्ता दिएको तर रेकर्डमा जनाएको वा हस्ते गरी दिएको ठोस आधार तथा प्रमाण पेश गर्न नसकेको रू.५४,५००।–गरी जम्मा रू.२,०९,७००।–(दुई लाख नौ हजार सात सय रूपैयाँ) नक्कली भरपाई तयार गरी झुठ्ठा कागजातको आधारमा तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको देखिदा निज गाविस सचिव मणि प्रसाद राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम नेपाल सरकारको सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे-गराएको कसुर पुष्टि भएकोले सोही दफा १७ ले निर्देष गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी नेपाल सरकारको हानिनोक्सानी गरेको विगो रू.२,०९,७००।– (दुई लाख नौ हजार सात सय रूपैयाँ) सोही ऐनको दफा १७ बमोजिम निजले खाइमासेको सामाजिक सुरक्षा भत्ताबापतको रकम असुलउपर गरी पाउनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी