वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी उपर आरोप-पत्र दायर गरिएको।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१० गते
--------------------------------------------

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी विरूद्ध आरोप-पत्र दायर गरिएको छ ।

निजले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उतीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीहरूसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निजलाई रू.१०,०००।–(दस हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज शिक्षक गणेश के.सी.ले परीक्षार्थीलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा पास गराइदिने भन्ने बहाना बनाई रू.१०,०००।–(दस हजार) घुस रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको देखिंदा निजलाई विगो रू.१०,०००।–(दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

संलग्न फाइलहरू

अनलाइन उजुरी