वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा ।

· स्टिङ अपरेशन

प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०१ गते ।
------------------------------------------
बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा ।
---------------------------------------------------------------------------------------------------------------------
बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर (करार) आकाश श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,०००।–(पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा बनेपा नगरपालिका वडा नं.-८ नाला दोबाटो बनेपा स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी