वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२८ गते
-----------------------------------------
जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।
------------
जिल्ला बारा कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.२१ स्थित तपी मा.वि.भोडहादेखि मदिलवाससम्म सडक ढलान गर्ने काममा उपभोक्ता समितिले लागत इष्टिमेटअनुसारको नापीमा निर्माण कार्य नगरी खिया लागेको कमसल फलामको डण्डी र न्यून गुणस्तरको सिमेन्ट प्रयोग गरी रकम हिनामिना गरेको भन्ने समेतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कलैया उपमहानगरपालिकाका इन्जिनियर किशोर यादवले गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले वास्तविक भए गरेको भन्दा बढी काम देखाई नापी किताव तयार गरेको र सोही उपमहानगरपालिकाका इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाई सिफारिस गरेको देखिएको हुँदा निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवलाई बिगो रू.५,७१,२६९।५०( पाँच लाख एकहत्तर हजार दुई सय उनान्सत्तरी रूपैयाँ पचास पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी