वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित नियन्त्रणमा ।

· स्टिङ अपरेशन

प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२० गते ।
------------------------------------------
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित नियन्त्रणमा ।
---------------------------------
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेलाई सेवाग्राहीसँग रू.८,०००।–(आठ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा लम्की चुहा नगरपालिका वडा नं.३ ब्यवस्थित नगरबाट मिति २०७६।०४ ।१९ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

संलग्न फाइलहरू

अनलाइन उजुरी