जिल्ला कालिकोट, पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।३१ गते।
------------------------------------------

कालिकोट जिल्ला, पलाता गाउँपालिका वडा नं. ९ र पचाल झरना गाउँपालिका बिचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिकोट पलाता गाउँपालिकालाई आ.व. २०७७/७८ मा कर्णाली प्रदेश सरकारबाट फेरि निर्माण वापत प्राप्त भएको रकम मध्ये रु.७५,५६,९००।– को लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई गरेको कार्यमा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा झुट्ठा विल भरपाई तयार गरेको, सार्वजनिक संस्थालार्इ हानि पुर्‍याउने बदनियतले मनासिव कारण बिना निर्माण कार्य नै नगरेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरे गराएको, नभए नगरेको काम भए गरेको भनी झुट्ठा विल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई रु.२५,०६,०५२।५३ उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानूनी लाभ पुर्‍याउने र गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याउने कार्य पुष्टि भएको हुँदा उल्लिखित कार्यमा बिभिन्न प्रकारको भूमिका निर्वाह गरी गराई कसूरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना उपर भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत २ जना उपर हिमाल तराई कन्सट्रक्सन प्रा.लि.को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत ६ जना उपर अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
काठमाडौँ महानगरपालिका, काठमाडौँका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको।
2025/06/09
जिल्ला पर्सा, रामदेनी तिवारी आ.वि.मा कार्यरत नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
जिल्ला रौतहट, फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोष्टका प्रतिनिधि र प्रकाशकसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09