काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत सव-इन्जिनियर कुमार पौड्याल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धी आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२८ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी कुमार पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदाका गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र सो बाट बढे बढाएको सम्पति समेत आफ्नो श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज विष्णु मैया पौड्याललाई प्रतिवादी कायम गरी आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

आरोपपत्र प्रेस बिज्ञप्ति आरोपपत्र प्रेस बिज्ञप्ति
  

Other Press Release