मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१४ गते।
------------------------------------------

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट २०७८।०७९ मा मधेस प्रदेश स्थित 64 वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: PPHL2/G/NCB/05/2078-79, Procurement of Equipment, IT Infrastructure, Software and Furniture for establishment of Pathology lab in Municipality मा सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम खरिद कार्यको गुरु योजना नबनाई तथा पूर्व सम्भाव्यता अध्ययनसमेत नभएको, लाभ-लागत विश्लेषण र उपयुक्त खरिद विधिसमेतको पहिचानसमेत नगरी नगराई बजेट माग गरिएको, खरिद आवश्यकताको पहिचान एवं उल्लेखित उपकरणहरु जडान हुने भनिएको स्थानीय तहको जनसंख्या र बिरामीको चाप र उपकरणको क्षमता बिश्लेषण नै नगरी खरिद कार्य गरेको, खरिद गरिएका उपकरण कुन कुन पालिकामा जडान गरिने  हुन भन्ने नखुलेको, आपूर्तिकर्ता सेभेन हिल्स प्रा.लि., सिनामंगल, काठमाडौँसँग मिलेमतो गरी बदनियतपूर्वक स्वीकृत स्पेसिफिकेशन र बोलपत्रमा कबोल भए विपरीत माग गरिएको भन्दा कम फिचरहरु भएतापनि स्पेसिफिकेशन बमोजिम नै सामाग्री आपूर्ति भएको भनी सामाग्रीहरु स्वीकार गरी अस्वाभाविक रुपमा बढी मूल्य तिरेको र कम मूल्यका मालसामानहरु स्पेसिफिकेशन बमोजिम नै रहेको भनी गलत Post Delivery Inspection (PDI) समेत तयार गरी गलत प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिस गरी गराई सेभेन हिल्स प्रा.लि., काठमाडौँलाई रु.५,०१,९०,०८०।-भुक्तानी गरे/गराएको पुष्टि भएको हुँदा उल्लेखित भ्रष्टाचारजन्य कसूरमा संलग्न देहायका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना उपर भुसाल हस्पिटालिटी अन्तर्गतको Radisson project को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत २ जना उपर हिमाल तराई कन्सट्रक्सन प्रा.लि.को नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत ६ जना उपर अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/09
काठमाडौँ महानगरपालिका, काठमाडौँका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको।
2025/06/09
जिल्ला पर्सा, रामदेनी तिवारी आ.वि.मा कार्यरत नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/09