प्रतिवादी बैकुण्ठ अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०१।०२ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी समेतका प्रतिवादी उपर आर्थिक बर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी सन्धिखर्क अर्घाखाँचीलाई बितरण गरेको पाइएको हुँदा भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुरमा ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.४३,३७,५००।-कायम गरी कैद एवं बिगो बमोजिम जरिबाना र सोही दफाको उपदफा (१) बमोजिम बिगो रकम असुल उपर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।१२।१९ को फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८२।०१।०२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल