प्रतिवादी बिष्णुकान्त मिश्र रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।११ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी विष्णुकान्त मिश्रलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुँदा निज विष्णुकान्त मिश्रलाई बिगो रू.७२,५२,४८०।५९ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिबाना र कैद हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१२।०७ को फैसलाबाट  सफाई दिएको-: 
• स्पष्ट कानूनको अभावमा नगद प्रवाह को आधारमा मात्र आय ब्ययको गणना गरी निष्कर्षमा पुग्नु न्यायोचित हुने देखिंदैन यस अवस्थामा समग्र जाँच अबधिको आय ब्ययको बिश्लेषण गरी निष्कर्षमा पुग्नु नै उत्तम हुने देखियो ।
• ग्याल्जेन शेर्पाले छोरा नबिन कुमार मिश्रको बैक खातामा रकम जम्मा गरेको उक्त रकम घुस रिसवतको रूपमा लिएको भन्ने बादीदावी रहेकोमा यस मुद्दाको लगाउको मुद्दाको रिसवत/घुस मुद्दामा सफाई पाएको देखिँदा ब्यय कायम हुने देखिएन।
• ब्यक्ति आफैले बनाएको घरको बिगो कायम गर्दा १५% ओभरहेड कस्ट र ५% ठेक्का कर समावेश गरी ब्ययमा गणना गर्न नमिल्ने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।११ मा पुनरावेदन गरिएको छः-
देहाय:
आयोगबाट लिएको दावी भन्दा फरक कायम गरी फैसला भएको हुँदा निम्न आयहरूमा अदालतले लिएको आधार त्रुटिपूर्ण रहेको। 
क) प्रतिवादीका छोरा नबिन कुमार मिश्रको नाममा बैंकमा जम्मा भएको रकम सम्बन्धमा   मिति २०६६/०६/०७ गते बैंक खातामा रिसवत बापत रू.३०,००,०००।– रमेश शेर्पाले जम्मा गरेको देखिएको। मिति २०६६/०६/२९ गते सोही बैंकको खातामा रू.२,००,०००।– र सोही मितिमा लाक्पा ग्याल्जेनको चेकबाट रू.८,००,०००।–  आफैले  जम्मा गरेको देखिएको।प्रतिवादी बिष्णुकान्त मिश्रको फाईनान्सबाट रू.१८ लाख शैक्षिक कर्जा लिएकोमा ऋण तिर्ने अन्य आयस्रोत समेत नभएकोले रसुवाको चिनजानको लाक्पा ग्याल्जेनसँग आफ्नो आर्थिक समस्याको बारेमा कुराकानी गरेकोमा लाक्पा शेर्पा सँग रू.४० लाख सापटी लिएकोमा रू. ३० लाख रमेश शेर्पाको नाममा मेरो छोराको नाममा खातामा जम्मा गरिदिएको र बाँकी १० लाख नगद र चेकबाट प्राप्त गरी मैले भौचर भरी छोराको खातामा जम्मा गरेको हो भनी बयान गरेको।प्रतिवादी बिष्णुकान्त मिश्रको श्रीमतीको नाममा मिति २०६६/०७/४ मा फाइनान्सबाट रू.१८ लाख शैक्षिक कर्जा लिएको देखिन्छ भने मिति २०६६/०६/०७ मा प्रतिवादीको छोरा नविन मिश्रको नाममा रू.३०,००,०००।– रकम जम्मा भएको देखिएको। फाइनान्सबाट कर्जा लिनु भन्दा अगाडी नै प्रतिवादीको खातामा जम्मा भएको देखिएको।प्रतिवादीले ग्याल्जेन शेर्पाबाट ऋण सापटी लिएको रकम फाइनान्सबाट लिएको ऋण सापटी तिर्न प्रयोग गरेको भनेर भनेपनि उक्त समयमा निजले फाइनान्सलाई तिरेको भन्ने निजको बैंक स्टेटमेन्टबाट पुष्टि हुन नआएकोले निजले घुस बापत लिएको पुष्टी भएको।  
ख) प्रतिवादी बिण्णुकान्त मिश्रले लगाउको घुस मुद्दामा अनुसन्धानको क्रममा बयान गर्दा नबिन कुमार मिश्रको खातामा रमेश शेर्पाको नामबाट जम्मा भएको रकम के कति कारणले जम्मा गरिदिएको हो मलाई थाहा भएन भनी बयान गरेको।प्रतिवादी CHIHE LU ले बयान गर्दा घुम्नको लागि नेपाल आएको बखत रक्तचन्दन खरिद गरी चीनमा बिक्रि गर्नको लागि ग्याल्जेन एण्ड लामा बिजनेस प्रा.लि. मार्फत रू.१६०० को दरले जम्मा रू.७५,००,०००।– धरौटी रकम बैंकमा जम्मा गरी टेण्डर हालेकोमा उक्त टेण्डर मलाई परेकोमा मन्त्रालयबाट उक्त टेण्डर रद्ध भएपछि रसुवाका बन अधिकृत बिष्णुकान्त मिश्रले उक्त ठेक्काको प्रकृया नमिलेर रद्ध भएपनि पूरै ठेक्काका सम्पूर्ण प्रकृया मिलाईदिने भनी राजस्व बापत रकम माग गरेकोमा  रू.६० लाख लिएको हो।उक्त रकम निजले भने अनुसार नै निजको छोराको नबिन कुमार मिश्रको नाममा पटक/पटक रु.३० लाख, १० लाख र रू.२० लाख नगद दिएको हो र मेरो उक्त रकम लिएपछि त्याँहाबाट सरूवा भई गएका हुन भनी बयान गरेको। प्रतिवादी ल्याक्पा ग्याल्जेनले कागज गर्दा प्रतिवादी बिष्णुकान्त मिश्रले जिल्ला बन कार्यलाय रसुवाबाट रक्तचन्दनको लिलाम खुलेपछि मेरो नाममा रहेको ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. मार्फत उक्त लिलाम बढाबढमा भाग लिएपछि उक्त काम गरिदिने भनी हामीसँग पटक/पटक गरी रू. ७०,००,०००।– लिएको हो।उक्त रकम निजले भने अनुसार निजको छोरा नबिन कुमार मिश्रको नामको बैंक खातामा जम्मा गरिएको हो । उक्त रकम मध्ये रू ४०,००,०००।–CHIHE LU  को र बाँकी ३०,००,०००।– लाख मेरो हो भन्ने समेतको बयान गरेको। प्रतिवादी बिष्णुकान्त मिश्रले CHIHE LU   र लाक्पा ग्याल्जेनले दिएको रकम घुस भएको पुष्टि भएको हुँदा उक्त रकम आय रकम नभई प्रतिवादीको श्रोत नखुलेको घुसको रकम ब्यय नै भएको पुष्टि हुँदा हुँदै उक्त रकमलाई आय कायम गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
प्रतिवादीको निम्न शिर्षकहरूको बिगो भन्दा फरक पारी भएको फैसला निम्न आधार र कारणबाट त्रुटिपूर्ण रही बदरभागी रहेको।
क) प्रतिवादी बिष्णुकान्त मिश्रको छोरा नबिन कुमार मिश्रको बैंक खातामा पटक पटक गरी रू.४०,००,०००।– जम्मा भएको र उक्त रकम प्रतिवादीले घुस बापत लिएको पुष्टि भएको हुँदा। प्रतिवादीले अदालतमा बयानको क्रममा उक्त रकम ऋण सापटी लिएको र उक्त ऋण सापटी फिर्ता दिएको भनी बयानमा उल्लेख गरेपनि निज प्रतिवादीले ऋण सापटी लिएको भनिएको ब्यक्ति ल्याहाक्पा ग्याल्जेनसँग प्रतिवादीको कुनै चिनजानको नाता सम्बन्ध भएको नदेखिएको। ल्याहाक्पा ग्याल्जेन सेवाग्राही भएको भन्ने देखिएको। लगाउको मुद्दामा सह प्रतिवादीहरूले कागज तथा बयान गर्दा उक्त रकम हालसम्म फिर्ता दिएको छैनन भनी बयान गरेको र उक्त रकम फिर्ता दिएको भन्ने कुनै मिशिल संलग्न कागजबाट पुष्टि हुन नसकेको। उक्त रकमलाई ब्यय कायम नगरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको। 
ख) घर निर्माण खर्चमा रु.२८,०४,२५०.१५ कायम गरिएकोमा फैसला हुँदा आफैले बनाएको घरको बिगो कायम गर्दा १५% ओभरहेड कस्ट र ५% ठेक्का कर समाबेश गर्न नमिल्ने भनी ५% ठेक्का करबापत कायम हुने बिगो रू १,४०,२१२.५ प्रतिवादीको ब्ययमा गणना गर्न मिलेन भनी सो घटाई रू २६,६४,०३७.६५ मात्र कायम गरेको देखिएको। प्रतिवादीको घर निर्माणमा ठेक्का कर भनी जम्मा खर्चको ५% ले कम गरी ब्यय कायम गरेको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28