प्रतिवादी बुद्धिमान जैसीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।२२ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादीहरु बुद्धिमान जैसी, बालेश्वर यादव, केशब थापा मगर, बाबुराम खनाल, ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र आत्माराम लुईटेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उक्त सार्वजनिक जग्गाको जम्मा क्षेत्रफल ८-१२-३-२जग्गाको तत्कालीन समय आ.ब.०७०/०७१ मूल्याङ्कन अनुसारको मूल्य जम्मा रू.२,०२,३३,६७१।८८ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र सोही दफा ८ को उपदफा (१) र दफा ४७ बमोजिम उक्त बिगो असुल उपर हुन,
• यूरो हाउजिङ्ग  डेभलपर्स प्रा.लि.,यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.का संचालकहरू गुनीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर, काठमाडौं अस्पताल प्रा.लि.का संचालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी, श्रीमती दुर्गेस नन्दिनी भट्टचनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त बिगो जफतसमेत हुन, 
• जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३२ जनालाई सार्वजनिक जग्गा कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन, २०५९ को ४७ नेपाल सरकारको नाममा कायम गरी पाउन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।१५ को फैसलाबाट आंशिक सफाई दिएको-: 
क. राष्ट्रसेवक प्रतिवादीहरुले मिति २०६४।०८।२० निर्णयको कार्यान्वयनसम्म गरेको देखिएकोले निज आरोप दाबीबाट सफाई पाउने।
ख. प्रतिवादीहरु काठमाडौं हस्पिटल प्रा.लि.का सञ्चालक डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेशनन्दिनी भट्टचनले उक्त जग्गा बढ कायम गर्ने गरी मालपोत कार्यालय, ललितपुरबाट मिति २०६४/०८/२० मा निर्णय भए पश्चात उक्त जग्गा खरिद गरेको देखिन आएकोले निजहरूले जग्गाको क्षेत्रफल बढाई लाभ प्राप्त गरेको नदेखिंदा आरोप दाबीबाट सफाई पाउने।  
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।२२ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. यूरो हाउजिङ्ग  डेभलपर्स प्रा.लि.,यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.का संचालकहरू गुनीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरले कर्मनासा खोलाको सार्वजनिक जग्गा लिनेखाने गलत मनसायले आफ्नो कम्पनीको नाममा सो खोला आसपासका जग्गाहरू खरिद गर्न टायल चेकको निवेदन दिएको, नापी कार्यालय, ललितपुरले टायलचेक गर्दा निवेदनमा उल्लेख भएको जग्गामा सरकारी, सार्वजनिक, ऐलानी, पर्ती जग्गा पर्दैन भनी टायल चेक गरी मिति २०६४/०७/२२ गतेको पत्र समेत मालपोत कार्यालय, ललितपुरलाई पठाईएको र टायलचेक गरी यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा रहेको जग्गाको टायल चेकबाट जम्मा क्षेत्रफल ५-९-०-० जग्गा र यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.को नाममा रहेको जग्गाको क्षेत्रफल ४-१२-०-२ जग्गा बढ कायम गरी बढ कायम भई आएको जग्गाको लाग्ने नियमानुसार राजश्व, मालपोत र सेवा दस्तुर समेत असुल गर्नू भनी मिति २०६४।०८।२० मा मालपोत कार्यालय, ललितपुरबाट निर्णय समेत भएको मालपोत कार्यालय ललितपुरबाट प्राप्त छुट्टा छुटै तामेली मिसिलहरुबाट देखिएको ।
ख. कर्मनासा (कोड्कु) खोलाको कि.नं. २०५, कि.नं. १००५ र कि.नं. ४८६ जग्गाको सविकको सर्भे नक्सा, हालको नक्सा, दर्ता श्रेष्ताको प्रतिलिपीहरु, सार्वजनिक जग्गा मिसिएको क्षेत्रफल सहितको जग्गाको कित्ताको विवरण सहितको नापी कार्यलय ललितपुरको पत्र, नापीको प्राविधिक समेत भएर उक्त जग्गाको स्थलगत निरीक्षण गर्दा नक्शामा खोला रहेको ठाँउमा खोला नभएको, ०३२ सालमा खोलामा बाढी आएपछि खोलाले धार परिवर्तन गरी पानी सुकिसकेपछि स्थानीयहरुले खोलाको जग्गा सम्याइ खेतीपाती गर्दै आएकोमा यूरो हाउजिङ प्रा.लि. समेतले उक्त विवादित जग्गाहरु खरिद गरी साविकमा खोलाले ओगटेको भूभागलाई समेत समेटी जग्गा दर्ता गर्ने र प्लानिङ गरी बेचविखन गर्ने पूर्व नियोजित मनसायका साथ जग्गा खरिद गरी लिएको पाइएको र स्थलगत प्रतिवेदन तथा सोही व्यहोराको बकपत्र समेतका कागज प्रमाणहरुबाट कर्मनासा खोलाको सार्वजनिक जग्गाबाट जम्मा क्षेत्रफल ८-१२-३-२ सार्वजनिक जग्गा कम्पनीहरुको नामको जग्गामा घुसाई सो जग्गाको कित्ता एकीकरण समेत गरी संसोधित फायल नक्सा बनाई जग्गाधनी दर्ताश्रेष्ता समेत तयार गरी सरकारी/सार्वजनिक जग्गा कम्पनीहरुको नाममा रहेको जग्गामा घुसाएको पुष्टि हुन आएको।
ग. काठमाडौं अस्पताल प्रा.लि.का संचालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी, श्रीमती दुर्गेस नन्दिनी भट्टचनले कर्मनासा (कोड्कु) खोलाको जग्गा लिनेखाने गलत मनसायले सो खोलाको आसपासको जग्गा यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि., यूरो ल्याल्ड डेभलपर्स प्रा.लि. नाममा खरिद गरी मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरूसँग एक-आपसमा मिलेमतोमा उक्त कम्पनीको जग्गाको टायल चेक गर्दा सो सार्वजनिक खोलाको जग्गा पर्ने भएतापनि सार्वजनिक जग्गा बदनियत पूर्वक कर्मनासा खोलाको जग्गालाई बढ जग्गा कायम गरी ऐलानी, पर्ती, सार्वजनिक जग्गा नपर्ने भनी नापी कार्यालयबाट लेखी पठाएको र क्षेत्रफल बढ कायम भएको जग्गाको राजश्व, मालपोत दस्तु समेत असुल गर्ने गरी मिति २०६४।०८।२० मा मालपोत कार्यालय, ललितपुरबाट निर्णय गरिएको देखिएको।
घ. उक्त हाउजिङ्ग कम्पनीहरुको नाममा रहेको केही कित्ता जग्गाहरु काठमाडौं अस्पताल प्रा.लि.ले २०६५।११।०४ तथा मिति २०६६।१२।०३ समेतमा खरिद गरेको मिसिल संलग्न जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी समेतका कागजातबाट देखिएको। काठमाडौं अस्पताल प्रा.लि.ले जग्गा खरिद गरेको लामो समय पश्चात मिति २०६९/१०/११ गते खरिद गरेका जग्गाहरुको भोग बमोजिमको नक्सा तयार गरी कित्ता एकीकरण समेत गरिपाउँ भनी निवेदन पारी नापी तथा मालपोत कार्यालय ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालक समेतको मिलेमतोमा साविकको सर्भे नक्साको स्वरुपमा नै परिवर्तन गरी कर्मनासा खोलाको उक्त कित्ता जग्गाहरु कम्पनीको नामको जग्गामा घुसाई भोग बमोजिमको भनी फायल नक्सा बनाउने, जग्गाको कित्ता एकीकरण गर्ने र उक्त जग्गाको दर्ता श्रेष्ता समेत उपलब्ध गराउने गरी मिति २०७०।६।२३ मा मालपोत कार्यालय ललितपुरबाट गैरकानूनी निर्णय गरी उक्त कर्मनासा खोलाको क्षेत्रफल ८-१२-३-२ सरकारी/सार्वजनिक जग्गा उक्त कम्पनीहरुको नामका जग्गामा घुसाएको देखिएको र उक्त भोग बमोजिमको नक्सा बनाई कित्ता एकीकरणसमेत गर्ने गरी गरिएको निर्णय मिति २०६४।०८।२० मा मालपोत कार्यालय, ललितपुरबाट जग्गा वढ कायम गर्ने गरी गरिएको निर्णयको आधारमा भएको नभई पुनः छुटै निर्णय भई उक्त काठमाडौं हस्पिटल प्रा.लि.को नाममा भोग अनुसारको भनी जग्गाको कित्ता एकीकरण समेतको निर्णयबाट सरकारी जग्गा समेत घुसाई फायल नक्सा तयार गरी जग्गाधनी प्रमाणपुर्जा समेत उपलब्ध गराएको देखिएको मिसिल संलग्न सवुद प्रमाणबाट निर्विवाद रुपमा पुष्टि हुन आएकोमा उक्त काठमाडौं हस्पिटल प्रा.लि. का सञ्चालक प्रतिवादीहरुले २०६४ भन्दा पछि जग्गा खरिद गरेको देखिएको भनी तथ्यलाई अपब्याख्या गरी सफाई दिने ठहर गरी भएको फैसला त्रुटीपूर्ण रहेको।
ङ. प्रतिवादीहरु बुद्धिमान जैसी, बालेश्वर यादव, केशब थापा मगर, बाबुराम खनाल, ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र आत्माराम लुईटेलले कर्मनासा खोलाको कि.नं. २०५, १००५ र ४८६ को सरकारी जग्गा समेत घुसाई मिति २०७०/०६/२३ गतेको टिप्पणी आदेशबाट सो फाईल नक्सालाई सदर गरी सोको आधारमा जग्गाधनी दर्ता श्रेस्तासमेत उपलब्ध गराउने गरी निर्णय गरेको देखिएको र सरकारी जग्गासमेत घुसाई फायल नक्सा तयार गरी जग्गाधनी प्रमाणपूर्जा समेत उपलब्ध गराएको देखिएकोमा अदालतबाट कुनै ब्याख्या विश्लेषण नगरी मिसिल संलग्न सबुद प्रमाण नहेरी भएको फैसला त्रुटीपूर्ण रहेको। 
च. उक्त नक्सा संसोधनको लागि नापी विभागमा स्वीकृतिका लागि नपठाई जानीजानी कर्मचारी र कम्पनीहरु बीच गैरकानूनी लाभ लिने तवरले मालपोत कार्यालय, ललितपुरबाट नापी कार्यालय, ललितपुरमा पठाएको र प्रकृया नपुर्‍याई मालपोत कार्यालयले पठाएको सो गलत पत्रलाई उक्त जग्गाको भोग अनुसारको भनी छुटै फायल नक्सा बनाउने, उक्त कित्ता जग्गाहरुको नक्सा एकीकरण गरी नयाँ कित्ता कायम गर्ने भनी उक्त कर्मनासा खोलाको सरकारी जग्गालाई ब्यक्तिको जग्गामा घुसाई नक्सा संशोधन र कित्ता एकीकरण तथा गलत फाईल नक्सा मिति २०७०/०६/२१ तयार गरी मालपोत कार्यालय ललितपुरमा पठाएको मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरुको मिलेमतोमा फाइल नक्सालाई मिति २०७०/०६/२३ गतेको टिप्पणी निर्णयमा सहीछाप गरी सदर गरिदिएको समेतका प्रमाणहरुबाट पुष्टि भएकोमा निजहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको। 
छ. नापी कार्यालय ललितपुरले मिति २०६४।०७।२२ को टायल चेक र सोही आधारमा भई आएको बढ जग्गाको राजश्व समेत असुल गर्नु भनी मिति २०६४।०८।२० मा मालपोत कार्यालय, ललितपुरबाट भएको निर्णयको आधारमा जग्गा कित्ता एकीकरण समेत गर्ने गरी मिति २०७०/०६/२३ गतेको टिप्पणी आदेशमा सहिछाप गरी सो फाईल नक्सालाई सदर गरी सोको आधारमा जग्गाधनी दर्ता श्रेस्ता समेत तयार गरेको देखिएको भन्ने आधार उल्लेख गरी मिति २०७०/०६/२३ को निर्णय प्रकृयामा संलग्न कर्मचारीहरुलाई सफाई दिने ठहर गरी भएको फैसला मिसिल संलग्न वस्तुनिष्ठ सबुद एवं प्रमाणबाट स्वतः वदरभागी  रहको। 
ज. नापी कार्यालय, ललितपुर तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन समयका नापी अधिकृत बुद्धिमान जैसीसमेतका कर्मचारी, यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि.का संचालक अध्यक्ष गुनीकाजी मानन्धरसमेतका संचालक र काठमाडौं हस्पिटल प्रा.लि.का संचालक अध्यक्ष डा. श्याम बहादुर कर्माचार्यसमेतका संचालकहरूको मिलेमतो तथा प्रत्यक्ष संलग्नतामा उक्त कि.नं. २०५, १००५ र ४८६ को सरकारी जग्गाबाट जम्मा क्षेत्रफल ८-१२-३-२ कर्मनासा खोलाको सरकारी सार्वजनिक जग्गा फाइल नक्सा बनाउने बाहनामा जम्मा क्षेत्रफल ८-१२-३-२ उक्त कम्पनीहरूको जग्गामा घुसाई सरकारी सम्पत्तिको हिनामिना गरी जम्मा रू.२,०२,३३,६७१.८८ बराबरको जग्गा हिनामिनासमेत गरेको मिसिल संलग्न उक्त जग्गाको साविकको सर्भे नक्सा, हालको नक्सा, दर्ता श्रेष्ताको प्रतिलिपीहरु, सरकारी सार्वजनिक जग्गा मिसिएको क्षेत्रफल सहितको जग्गाको कित्ताको विवरण सहितको नापी विभागको पत्र, प्रतिवेदक समेतले गरेको बकपत्र समेतबाट पुष्टि भएकोमा प्रतिवादीहरु नापी कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर तथा मालपोत कार्यालय, ललितपुरका कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, ना.सु. ख्याम नारायण पौडेल, ना.सु. दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलले आरोप दाबीबाट सफाइ पाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
झ. हाल कायम जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३२ जनालाई जग्गाको साविकको सर्भे नक्सा, हालको नक्सा, दर्ता श्रेष्ताको प्रतिलिपीहरु, सार्वजनिक जग्गा मिसिएको क्षेत्रफल सहितको जग्गाको कित्ताको विवरण सहितको नापी विभागको पत्र, प्रतिवेदक समेतले गरेको बकपत्र समेतका कागज प्रमाणहरुबाट उक्त कि.नं. २०५, १००५ र ४८६ को सरकारी जग्गाबाट जम्मा क्षेत्रफल ८-१२-३-२ जग्गा उक्त कम्पनीहरुको नामको जग्गामा घुसाई बढ कायम हुने गरी निर्णय गरेको देखिई उक्त जग्गा जफतको दावी लिइएकोमा हचुवाको भरमा जम्मा क्षेत्रफल ५-९-०-० जग्गा मात्र जफत हुने ठहर गरी भएको फैसला सो हद सम्म त्रुटिपूर्ण भएकोले वदर गरी उक्त जम्मा क्षेत्रफल ८-१२-३-२ सरकारी/ सार्वजनिक जग्गासमेत जफत हुन।
 
प्रवक्ता
नरहरि घिमिरे

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03