प्रतिवादी खिम बहादुर वि.क.समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।१९ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादीहरु प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव ईञ्जिनियर नवीन थापा, असिस्टेन्ट सव ईञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेललाई भष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.७,९२,०९९।४९ कायम गरी भष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी नोक्सानी भएको बिगोसमेत सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन,
• प्रतिवादी श्री सेभेन स्टेट बिल्डर्स, बाग्लुङ्गका प्रोपाईटर दिपेन्द्र बहादुर खड्कालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. ३,५३,१६२।२९ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी नोक्सानी भएको बिगोसमेत ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम नै जफत हुन,
• अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्सट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्सट्रक्सन प्रा.लि. का प्रोपाइटर टंक बहादुर कुँवरलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रू.१,५१,२१०।९५ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी नोक्सानी भएको बिगो सोही ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम नै जफत हुन, 
• खुसु निर्माण सेवाका सुर्य बहादुर भण्डारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो रु.१,५१,९२२।८५ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी बिगो ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम नै जफत हुन,
• सातविङ.कन्सट्रक्सनका प्रोपाईटर मनोज खड्का र सोही कन्सट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्सट्रक्सन प्रा.लि. का प्रोपाइटर  टंक बहादुर कुँवरलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो रु.१,३५,८०३।४० कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी नोक्सानी भएको बिगो ऐ. ऐनको दफा ८ को उपदफा ४ बमोजिम जफत हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२५ को फैसलाबाट सफाई दिएको-: 
क) प्रस्तुत मुद्दामा निज प्रतिवादीहरुले अभियोग दावी वमोजिम कसुरमा इन्कार भई वयान गरेको। 
ख) प्रस्तुत आयोजनाको कार्यको मूल्याङ्कन गर्दा समान्य कार्यविधी पुर्‍याएको देखिएको।
ग) सम्झौता वमोजिम कार्य सम्पन्न भई भुक्तानी समेत भई सकेको देखिएको। 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।१९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) बाग्लुङ जिल्ला, काठेखोला गाउँपालिकाको आ.व.२०७५/०७६ को नीति, कार्यक्रम र वार्षिक योजनामा नगरसभाबाट एकमुष्ट रुपमा रु.२५ लाख रकम विनियोजन भएकोमा साईटहरु यकिन नै नगरी काल्पनिक नामहरु Site १, Site २ जस्ता विवरण उल्लेख गरी एकै वडामा पनि दोहोरो पर्ने गरी ठेकेदारहरुलाई योजना बाँडफाँट गरेको, एक लाख भन्दा बढी लागत अनुमान हुने योजनाहरुमा कम्तीमा ३ वटा कोटेशन लिई कार्य गराउनु पर्नेमा सो नगरी निर्माण जिम्मेवारी दिएको, ५ लाख भन्दा बढीको योजनाहरुमा शीलबन्दी दरभाउ पत्रबाट कार्य गर्नुपर्नेमा सो प्रकृया पूरा नगरी सिधैं काम गर्ने जिम्मेवारी दिइएको, काम गर्ने जिम्मेवारी दिँदा गरिएको सम्झौतामा दररेट मात्र उल्लेख गरिएको तथा कुन योजना कुन निर्णय मार्फत् कुन निर्माण व्यवसायीलाई दिईएको हो नखुल्ने गरी अपारदर्शी हिसाबले कार्य गरेको, सम्झौता तथा संलग्न कागजातहरूमा केरमेट गरिएको संलग्न कागजातको अध्ययनबाट देखिएको अवस्थामा काम गर्नु पूर्व नै मिलेमतो गरी योजनाबद्ध ढंगले योजनालाई साना साना टुक्रामा विभाजन गरी दरभाउ पत्र समेत नलिई सामान्य निवेदनको भरमा एक फर्मलाई एक वडाको जिम्मेवारी दिएकोमा सोही वडाको एकै साईटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको तर्फ अन्देखा गरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहि बदरभागी रहेको।
ख) वडा नं. ३ भित्रका सडक मर्मत गर्ने जिम्मा लिएको भण्डारी निर्माण सेवालाई उक्त कार्यमा रु ९,५०३।– बढी भुक्तानी लिए/दिएको र वडा नं ७ रेशाको Site को १७५२.२३ घ.मि कार्यको लागि अर्गेजा निर्माण सेवासँग मिति २०७५/०६/०२ गते सम्झौता भई मिति २०७५/०८/२७ मा कार्य सम्पन्न भई भुक्तानी भएको देखिता पनि पुनः मिति २०७५/०६/१२ गते सेभन स्टेट विल्डर्ससँग सम्झौता गरी उक्त साईटहरूको कामको जिम्मा दिएको देखाई अर्को फर्मले गरी सकेको सबै काममा परिमाण समेत बढाई सेभेन स्टेट विल्डर्सले गरेको भनी कूल ६२५०.६६ घ.मी कार्यको दोहोरो नापी किताब तयार पारी रु.३,५३,१६२।२९ भुक्तानी दिएको मिसिल संलग्न प्रमाण कागजबाट देखिरहेको अवस्थामा सो तर्फ अन्देखा गरी सफाई हुने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
ग) वडा नं ४ तंग्रामको Site १ देखि Site ४ मा १९९०.५ घन मिटर तथा वडा नं ७ रेशा को Site १ देखि Site ४ मा ६८५.८ घन मिटर यसअघि नै मिति २०७५।०४।२५ मा खुसु निर्माण सेवासँग सम्झौता भई २०७५।०६।२१ गते कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी भई सकेको अवस्थामा पुनः अर्गेजा निर्माण सेवालाई सोही कामको जिम्मा दिएको देखाई २६७६.३ घ.मी कार्यको दोहोरो नापी किताब तयार गरी भुक्तानी दाबी गरेको तथा कार्यालयबाट १,५१,२१०।९५ भुक्तानी दिएको। वडा नं २ भीमपोखरा  को Site १-Site ४ मा ८१३.६ घ.मि.,  वडा नं ३ धम्जाको Site १-Site ४ मा ९३४ घ.मि. र वडानं ४ तंग्रामको Site १- Site ४ मा ९४१.३ घ.मि. बराबरको कामको २०७५।०६।२१ गते कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी खुसु निर्माण सेवालाई भुक्तानी भई सकेको अवस्थामा पुनः भण्डारी निर्माण सेवालाई मिति २०७५।०५।१० मा सम्झौता गरी उक्त साईटहरूमा कामको जिम्मा दिएको देखाई २६८८.९ घ.मी कार्यको दोहोरो मूल्याङ्कन गरी नापी किताब तयार गरी/गराई रु.१,५१,९२२।८५ भुक्तानी दिएको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा हुने गरी भएको फैसला प्रमाण मुल्याड्डनको रोहमा त्रुटिपूर्ण रही बदरबागी रहेको।
घ) भण्डारी निर्माण सेवा बाग्लुङ्गका प्रोपाइटर गणेश बहादुर भण्डारीले खुसु निर्माण सेवाका प्रोपाइटर सुर्य बहादुर भण्डारीलाई लेटरप्याड र दस्तखतयुक्त चेक दिएको, सबै कामहरू खुसु निर्माण सेवाले नै गरेको आफूले सम्झौतामा हस्ताक्षर समेत नगरेको भनी बयानको क्रममा खुलाई दिएको र खुसु निर्माण सेवाका सुर्य बहादुर भण्डारीले समेत निजको बयानलाई प्रमाणित गर्ने गरी बयान गरेको देखिँदा उक्त दुबै पक्षको मिलेमतोमा नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याउने कार्य भएको पुष्टी हुन आएको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा हुने गरी भएको फैसला त्रुटिपूर्ण भई वदरभागी रहेको।
ङ) सातविसे कन्स्ट्रक्सन प्रा.लि. बाग्लुङ्गले सम्झौता बमोजिम गरेका भनिएका कामहरूको सम्बन्धमा वडा नं. ५ र ६ बिहूकोटको नापी किताबमा साईटहरुमा लम्बाई चौडाई एकै किसिमको उल्लेख गरिएको पाइएको तथा टंक बहादुर कुँवरको नाममा पेश भएका तीन फरक कागजातमा ३ किसिमको दस्तखत रहेको देखिएको। मिति २०७५।०४।२५ मा खुसु निर्माण सेवासँग सम्झौता भई २०७५।०६।२१ गते कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरेकोमा सोही अवधि भित्र सातविसे कन्सट्रक्सनलाई पनि वडा नं ६ बिहूकोटमा Site १-Site ६ को कूल २००३.४ घ.मि., वडा नं ८ लेखानी मा Site १-Site २ को ४००.२ घ. मि. बराबरको कामको जिम्मा दिएको देखाई २४०३.६ घ.मि. कार्यको दोहोरो रु.१,३५,८०३।४० बराबरको भ्रष्टाचारजन्य कार्य भएको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा हुने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03