प्रतिवादी दुर्गा दास महर्जनसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।०५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट
• प्रतिवादीहरु नापी कार्यालय, चावहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसूरमा सोही दफा बमोजिम सजाय हुन, 
• प्रतिवादीहरु मालपोत कार्यालय चावहिल, काठमाडौँका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम उक्त नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिन राजिनामा लिखतहरु पारित गर्ने र गलत लिखतहरुलाई प्रमाणित गरेको कसूरमा सोही दफा बमोजिम सजाय हुन, 
• प्रतिवादीहरु साविकका जग्गाधनीहरु योगेन्द्र आचार्य,  सिताराम अधिकारी र नविन दाहालले आफूहरुलाई लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृतरुपमा उक्त कित्ताहरुको आकार प्रकार परिवर्तन गरी क्षे.फ. बढ कायम गरी नक्सा परिवर्तन गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र ९ बमोजिमको कसूरको दफा २२ बमोजिम मतियारको कसूर गरेकोले उक्त कसूरमा सोही दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम मूख्य कसूरदारलाई हुने सजाय सरह सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१२।०५ को फैसलाबाट सफाई दिएको-: 
क) प्रतिवादीहरुले आरोपित कसूरमा इन्कार रही वयान गरेको देखिएको ।
ख) नापी कार्यालय चावहिलबाट मुल सर्भे नक्सा बमोजिम क्षेत्रफल कायम गर्दा नेपाल सरकारको पर्ति वा सार्वजनिक वा ब्यक्ति विशेषको जग्गा घुसाई बढ कायम गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ मा वर्णित कसूरजन्य कार्य नदेखिएको र साविकका जग्गाधनीहरुको सोही कार्यको मतियारको कसूर स्थापित हुन सक्ने नदेखिएकोले प्रतिवादिहरुले आरोपदावीको कसूरबाट सफाई पाउने।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०५ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) जिल्ला काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका साविक मुलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को जग्गा कित्ताकाट गर्ने क्रममा उक्त जग्गाहरुको नापी कार्यालय, चावहिलबाट कित्ताकाट हुँदा सविक कि.नं. ६६६, ७०९ र ८१३ कि.का. भई कायम कि.नं. ८२० देखि ८२८ हुँदा जम्मा क्षे.फ.३४०.९८ व.मी.  (०-१०-३-०) बढ कायम गरेको तथा नक्सासमेत परिवर्तिन गरिएको मिसिल संलग्न उक्त कित्ता जग्गाहरुको साविकको सर्भे नक्सा तथा हाल तयार गरिएको फायल नक्सा समेतका कागजातबाट पुष्टि हुन आएको।
ख) निवेदकको साविक भोग चलन भए नभएको सम्बन्धमा फिल्ड सर्जमिन मुचुल्का तयार गरी सहमतिका लागि विभागमा पठाउनु पर्नेछ” भन्ने व्यवस्था हुँदाहुँदै सो प्रक्रिया पुरा नगरी नक्सा सुधार कार्य सम्पन्न गरेको देखिँदा उक्त कार्य त्रुटीपूर्ण भएको देखिएको भन्ने प्रमुख नापी समेतले नापी विभागमा पेश गरेको प्रतिवेदन र सो प्रतिवेदन बेहोरालाई पुष्टि हुने गरी प्रमुख नापी समेतले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएकोले उक्त वकपत्रलाई प्रमाणमा ग्रहण गरी सजाय गर्नुपर्नेमा प्रतिवादीहरुलाई सफाई दिने ठहर गरी भएको फैसला त्रुटीपूर्ण हुँदा बदर भागी रहेको।
ग) नापी कार्यालयमा कार्यरत प्रतिवादीहरुले कित्ताकाट गर्ने क्रममा सरकारी कागजात नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकार प्रकार परिवर्तन गरी कि.नं. ७०९, ६६६ र ८१३ को टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा प्रतिवादी सर्भेक्षक रामनारायण यादवले परिवर्तित नक्सा तयार गरी कित्ताकाट गरेको, प्रतिवादी नापी अधिकृत रवि शंकर पाण्डेयले चेकजाँच गरेको र प्रतिवादी प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जनले प्रमाणित गरी नापी कार्यालयमा रहेको सक्कल नक्सा सच्याउने र हेरफेर गर्ने कार्य गरी आरोपदावी बमोजिमको कसूर गरेको पुष्टि भएको।
घ) उल्लिखित कित्ताहरु मध्ये कि.नं. ८१३ को जम्मा क्षे.फ. १०४.४६ व.मी. भएकोमा २७८.३४ व.मी अश्वभाविक बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरेको र तत्कालीन भूमिसुधार मन्त्रालयको सचिवस्तरीय निर्णय बमोजिम लिखतबाट एकपटक कित्ताकाट भै सकेका कित्ताहरुमा टायल चेक गरी जग्गा घटी बढी गराउन नमिल्ने भन्ने निर्णयको समेतको बेवास्ता गरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यमा सहयोग पुर्‍याई सो कार्यालयबाट पेश भएका राजिनामा लिखतहरु पारित गरी गलत लिखतहरुलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता लिखत समेत तयार गर्ने कार्य प्रतिवादीहरु तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवरले गरेको देखिई यी प्रतिवादीहरुले आरोपदावी बमोजिमको कसूर गरेको पुष्टि भएको।
ङ) प्रतिवादीहरु साविकका जग्गाधनीहरु योगेन्द्र आचार्य, सिताराम अधिकारी र नविन दाहालले उक्त जग्गाहरुको कित्ताकाट गर्ने क्रममा आफूहरुलाई लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृतरुपमा कित्ताहरुको आकार प्रकार परिवर्तन गरी टायल चेकबाट अश्वभाविक रुपमा क्षे.फ. बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई र परिवर्तित नक्सा बमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मालपोत कार्यालय, चावहिलका कर्माचारीहरुलाई सहयोग पुर्‍याई आफूहरुले लाभ लिई उक्त कसूर गर्न राष्ट्रसेवकलाई सहयोग पुर्‍याई मतियारको रुपमा कार्य गरेको देखिएकोले निज प्रतिवादीहरु जग्गाको नापनक्सा गर्ने साधिकार निकायका कर्मचारी रहेको भन्ने आधार लिई भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर भागी रहेको।
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03